निजामती सेवा भन्नाले के बुझिन्छ? निजामती सेवाका विशेषता उल्लेख गर्नुहोस् । ‘लोकतन्त्रको वितरक : निजामती सेवा’ योग्यता प्रणालीका आधारमा छनोट भएका गैरसैनिक चरित्रका व्यावसायिक कर्मचारीहरूको सेवालाई निजामती सेवा भनिन्छ । फारसी शब्द निजामतीबाट आएको निजामती सेवा सरकारको सबैभन्दा नजिकको वैधानिक प्रशासनिक संयन्त्र हो । सरकारले सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्न स्थापना गरेको सेवाप्रदायक संस्थालाई निजामती सेवा भनिन्छ । नेपालको संविधानको धारा २४३ मा ‘निजामती सेवा भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारको अरू सेवाको पद सम्झनुपर्छ’ भनिएको छ । २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि आधुनिकतातर्फ फड्को मारेको यो सेवालाई स्थायी सरकार भनेर पनि चिनिन्छ । हाल निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० अनुसार यो सेवा सञ्चालित रहेको छ । निजामती सेवाका विशेषता - सरकारको महत्वपूर्ण प्रशासनिक अंग, - स्थायी र वैधानिक प्रकृतिको सेवा, - स्थायी कर्मचारीहरू र गुणतान्त्रिक प...
कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् । ‘राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व’ - प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने तिरोलाई कर भनिन्छ । - कर भनेको कुनै व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाइ तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । - सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आयलाइ कर भनिन्छ । - राज्यको आम्दानीको प्रमुख स्रोत कर नागरिकले राज्यलाइ बुझाउनु पर्ने अनिवार्य भुक्तानी हो । - सरकारले देशको नियमित, आकस्मिक र विकासात्मक गतिविधि यही करको माध्यमबाट प्राप्त आम्दानीबाट सञ्चालन गरेको हुन्छ । - करदाताले करको बदलामा प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । यद्यपि, सरकारले करको माध्यमबाट करदातालाइ केही सुविधा पु¥याउने प्रयत्न भने गरेको हुन्छ । करको क्षेत्र, संकलन गर्ने निकाय, प्रकृति, दायरा र दरका आधारमा यसलाई बाँडिएको हुन्छ । जसअनुसार करलाई २ भागमा विभाजन गरिन्छ । १) प्रत्यक्ष कर - भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने करलाइ प्रत्यक्ष कर भनिन्छ । - जसलाइ कर लगाइएको हो, उसैद्वारा पूर्ण रूपमा बेहोर्न पर्ने कर । - अरूमा स...
संविधान भनेको के हो ? • संविधान देशको मूल कानुन हो । • राज्यका अरु सबै कानुनको श्रोत संविधान हुन्छ । • संविधानका आधारमा अन्य ऎन नियम बन्दछन् । • संविधानसंग बाझिएका कानूनहरु बाझिएको हदसम्म स्वत: निष्क्रिय हुन्छन् । • संविधानले राज्य ब्यबस्थाका मूलभूत संरचनाहरु कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका र परिस्थिति अनुरुप अन्य निकायको व्यबस्था गर्दै ती अङ्ग र निकायको काम, कर्तव्य र अधिकारको व्यवस्था तथा तिनको सीमा निर्धारण गर्दछ । • कानुन बनाउने, कानुन लागु गर्ने, कानुनको व्याख्या गरी न्याय सम्पादन गर्ने कार्य मुलुकको संविधानले क्रमश: व्यबस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई प्रदान गरिएको हुन्छ । • मुलुकको शासन प्रणाली र त्यसका आधारभूत चरित्रको वर्णन, मुलुकको सार्वभौम शक्ति प्रयोग, सरकारको शक्ति र जनताको अधिकारलाई समायोजन गर्ने काम संविधानले गर्दछ । • संविधान अन्य कानुनभन्दा जेठो मानिन्छ र यसको संशोधनको प्रक्रिया पनि अन्य कानुनको संशोधन प्रक्रियाभन्दा विशेष बनाईएको हुन्छ | • नेपालमा हालसम्म ७ ऒटा संविधान निर्माण भई घोषणा भएको भएता पनि 'नेपाल सरकारको वैधानिक कानुन, २००४...
Comments
Post a Comment