संविधान भनेको के हो ? • संविधान देशको मूल कानुन हो । • राज्यका अरु सबै कानुनको श्रोत संविधान हुन्छ । • संविधानका आधारमा अन्य ऎन नियम बन्दछन् । • संविधानसंग बाझिएका कानूनहरु बाझिएको हदसम्म स्वत: निष्क्रिय हुन्छन् । • संविधानले राज्य ब्यबस्थाका मूलभूत संरचनाहरु कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका र परिस्थिति अनुरुप अन्य निकायको व्यबस्था गर्दै ती अङ्ग र निकायको काम, कर्तव्य र अधिकारको व्यवस्था तथा तिनको सीमा निर्धारण गर्दछ । • कानुन बनाउने, कानुन लागु गर्ने, कानुनको व्याख्या गरी न्याय सम्पादन गर्ने कार्य मुलुकको संविधानले क्रमश: व्यबस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई प्रदान गरिएको हुन्छ । • मुलुकको शासन प्रणाली र त्यसका आधारभूत चरित्रको वर्णन, मुलुकको सार्वभौम शक्ति प्रयोग, सरकारको शक्ति र जनताको अधिकारलाई समायोजन गर्ने काम संविधानले गर्दछ । • संविधान अन्य कानुनभन्दा जेठो मानिन्छ र यसको संशोधनको प्रक्रिया पनि अन्य कानुनको संशोधन प्रक्रियाभन्दा विशेष बनाईएको हुन्छ | • नेपालमा हालसम्म ७ ऒटा संविधान निर्माण भई घोषणा भएको भएता पनि 'नेपाल सरकारको वैधानिक कानुन, २००४...
Comments
Post a Comment