संविधान भनेको के हो ?

 संविधान भनेको के हो ?

• संविधान देशको मूल कानुन हो ।
• राज्यका अरु सबै कानुनको श्रोत संविधान हुन्छ ।
• संविधानका आधारमा अन्य ऎन नियम बन्दछन् ।
• संविधानसंग बाझिएका कानूनहरु बाझिएको हदसम्म स्वत: निष्क्रिय हुन्छन् ।
• संविधानले राज्य ब्यबस्थाका मूलभूत संरचनाहरु कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका र परिस्थिति
अनुरुप अन्य निकायको व्यबस्था गर्दै ती अङ्ग र निकायको काम, कर्तव्य र अधिकारको व्यवस्था तथा तिनको
सीमा निर्धारण गर्दछ ।
• कानुन बनाउने, कानुन लागु गर्ने, कानुनको व्याख्या गरी न्याय सम्पादन गर्ने कार्य मुलुकको संविधानले क्रमश:
व्यबस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई प्रदान गरिएको हुन्छ ।
• मुलुकको शासन प्रणाली र त्यसका आधारभूत चरित्रको वर्णन, मुलुकको सार्वभौम शक्ति प्रयोग, सरकारको
शक्ति र जनताको अधिकारलाई समायोजन गर्ने काम संविधानले गर्दछ ।
• संविधान अन्य कानुनभन्दा जेठो मानिन्छ र यसको संशोधनको प्रक्रिया पनि अन्य कानुनको संशोधन
प्रक्रियाभन्दा विशेष बनाईएको हुन्छ |
• नेपालमा हालसम्म ७ ऒटा संविधान निर्माण भई घोषणा भएको भएता पनि 'नेपाल सरकारको वैधानिक कानुन,
२००४' कार्यान्वयनमा आएको थिएन |

Comments

Popular posts from this blog

कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् ।

निजामती सेवा भन्नाले के बुझिन्छ? निजामती सेवाका विशेषता उल्लेख गर्नुहोस् ।

कसको बाहन के ?